काठमाडौं – स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तरगत पोखरा महानगरपालिकामा ३४६१६ मतपत्र गणना सकिएको छ । जसमा मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।


ADVERTISEMENT


बुधबार बिहानसम्म उनले १४३६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२५१७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ८१५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले १४२७५ मत पाउँदा काँग्रेसकी कोपिला रानाभाटकोले १४६५० मत पाएकी छन् ।