काठमाडौँ – संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै अनुमोदन गरिएको उनले बताए । उनीहरुसँगै सिफारिस भएका अन्यको भने बुधबार सुनुवाइ हुने समिति सभापति कर्णले जानकारी दिए । बाँकी रहेका एक जनामा गम्भीर प्रकृतिको उजुरी परेको उनले बताए ।

बैठकले समितिमा परेका उजुरी सन्दर्भमा अध्ययन गर्न तीन जनाको कार्यदल गठन गरिएको र दुई दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सभापति कर्णले जानकारी दिए । समितिको बैठक बुधबार बिहान पुन बोलाइएको छ ।