धादिङ– उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदखवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ विजयी एका छन् । तामाङ एक हजार ६०९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका फूलबहादुर तामाङले एक हजार ३९६ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


विजयी गत स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष थिए । उपाध्यक्षमा गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका सेक्केमान तमाङले एक हजार ८२७ प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाबाट मरियम तामाङले एक हजार २२७ मत प्रप्त गरेका थिए । रासस


ADVERTISEMENT

# # #