काभ्रे – पलाञ्चोकको भुम्लु गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेलको घरमा चोरी भएको छ । गएराति २ बजे अज्ञात व्यक्तिहरू घरमा प्रवेश गरी चोरी गरेका हुन् ।


ADVERTISEMENT


अध्यक्षको घरबाट अज्ञात व्यक्तिले ६ लाख ६८ हजार रुपैयाँ लगेको भाइ लक्ष्मण भुजेलले जानकारी दिए । ‘सीसीटीभी फुटेज हेर्दा चोरहरू घरमा १ बजे प्रवेश गरेको देखिन्छ,’ भुजेलले भने ।


ADVERTISEMENT

# # #


सीसीटीभी फुटेजबाट पहिचान गर्न सक्यो भने मात्र हो नत्र पहिचान गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘घरमा मानिसहरू कोही नभएको थाहा पाएर चोरी गर्न आएको हुन सक्छ,’ उनले अगाडि थपे, ‘व्यवसायिक चोरहरू रहेको हुन सक्छन् ।’

नेकपा माओवादीको केन्द्रबाट उम्मेदवार गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले ५ हजार ७ सय ९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम लामाले ४ हजार ५ सय ६८ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ​जितेन्द्रमान तामाङ (दावा) ले ६ हजार ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना श्रेष्ठले ४ हजार २९ मत ल्याएकी छिन् ।