दमक– अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमाले कमजोर देखिएको छ । झापाको दमकमा एमालेबाट प्रमुखको उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारी गठबन्धन तर्फका प्रतिस्पर्धी उम्मेदवार राप्रपाका रामकुमार थापासँग पछि परेकी छन् ।


ADVERTISEMENT


राप्रपाका उम्मेदवार थापाले एमालेकी अधिकारीविरुद्व ६ सय ६२ मतले अग्रता पाएका छन् । अधिकारीलाई ७ हजार ६३७ मत प्राप्त भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, उपमेयरमा पनि गठबन्धनबाट काँग्रेसकी उमेदवार रेगिना भट्टराई अगाडी देखिएकी छन् । उनले हालसम्म ७ हजार ९१३ प्राप्त गरेकी छन् भने, उनका प्रतीस्पर्धी एमालेका उम्मेदवार अम्बिका खनाल ले ७ हजार ५७० प्राप्त गरेकी छन् ।

दमकका वडाहरूमा समेत गठबन्धन तर्फका उमेदवारहरूको जित भईरहेको छ ।