भरतपुर– भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी रेणु दाहालले अग्रता लिएकी छन् । हालसम्मको मतगणना अनुसार, दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ६३ मतले पछि पार्दै अग्रता लिएकी हुन् ।


ADVERTISEMENT


कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ५ हजार ९५६ मत हासिल गर्दा माओवादी केन्द्रकी दाहालले ६ हजार १७० मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


प्रमुख पदकै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने, २ हजार ९३७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ३४६ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले ४ हजार ८८३मत पाएकी छन् ।