काठमाडौँ– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। उनको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारका अनुसार, प्रेमबहादुर क्यान्सर रोगबाट पीडित थिए । सोहि उपचारका क्रममा रहेका उनको अस्पतालमै मृत्यु भएको हो । उनको आजै अन्त्येष्टिको तयारी भइरहेको प्रेस प्रमुख परियारले बताए ।


ADVERTISEMENT

# # #


प्रेमबहादुरको असमायिक निधनप्रति कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा नैनसिंह महरलगायतले शोक व्यक्त गरेका छन्।