काठमाण्डौं-नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता धरानबाट पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधिमा संलग्न भई बम विष्फोटनका घटना घटाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ५ देउरालीमा छापामारी शुक्रवार राति विप्लवका दुई जना कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ५ देउराली बस्ने पूर्ण विक र भीम विक रहेका छन् । प्रहरीले दुबै जनालाई घरबाटै पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


दुबै जना धरान नगरस्तरका कार्यकर्ता रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

उनका अनुसार पक्राउ परेका दुबै जनालाई सार्बजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडि बढाइने छ । निर्वाचन विरोधी गतिविधिमा उत्रिएका चन्दका कार्यकर्ताले सुनसरीको धरान र इटहरीमा बम विष्फोट गराएको प्रहरीको दावी छ ।