काठमाडौँ – स्थानीय निर्वाचनको मतगणनामा काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बानेन्द्र साह (वालेनले सुरुवाती अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार वालेनले ८४२ मत ल्याएका छन् ।


ADVERTISEMENT


यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ७२३ मत प्राप्त गरेका छन् । यस्तै पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी सिर्जना सिंहले ५०९ मत ल्याएकी छन् ।


ADVERTISEMENT

# # #


यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मदनदास श्रेष्ठले ६८ मत ल्याएका छन् ।