काठमाडौँ – बाजुराको हिमाली गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मतपेटिका राखिएको निर्वाचन अधिकृतको कार्यालयको ताल्चामा लगाइएको सिल प्याक तोडिएको पाइएपछि विवाद बढ्दै जाँदा झडप भएको हो ।


ADVERTISEMENT


नेकपा एमालेका प्रतिनिधि यज्ञराज पाण्डेका अनुसार शुक्रबार निर्वाचन सम्पन्न भएपछि ४ वटा वडाका मतपेटिका गाउँपालिका केन्द्र धुलाचौरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ताल्चामा ३ सिल प्याक गरिएको थियो । बाँकी रहेका ३ वडाको मतपेटिका आएपछि मतगणना गर्ने सहमति भएको थियो ।


ADVERTISEMENT

# # #


सोही अनुसार शनिबार अपरान्ह ३ बजे ३ वटा वडाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुयाईएको थियो । तर, मतगणनाको तयारी थाल्दा अघिल्लो दिन ताल्चामा लगाइएका ३ वटा सिल प्याकमध्ये २ वडा तोडिएको पाइएपछि अध्यक्षका उम्मेदवार नेकपा एमालेका अजबहादुर मल्लले विरोध जनाएका थिए ।

ताल्चामा लगाइएको सिल प्याक तोडिएको पाइएपछि एमाले प्रतिनिधिहरुले निर्वाचन अधिकृत, प्रहरी प्रशासन र गाउँपालिका कर्मचारीमाथि शंका गरेका थिए । विरोधले उग्र रुप लिँदै गएपछि एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो ।

भिडियो हेर्नुहोस्: