नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिकामा मत गणना शुरु भएको छ । ढिलागरी बसेको सर्वदलीय बैठकले निर्णयपछि भर्खरै मात्र मतगणना शुरु भएको बेलकोटगढी नगरपालिका उम्मेदवार प्रतिनिधिले जानकारी दिए ।


ADVERTISEMENT


नगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ चुनावी मैदानमा रहेका छन् भने नेकपा एमालेका तर्फबाट राजेन्द्ररमण खनाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट सानुकुमारी लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट युवराज पाण्डे चुनावी मैदानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


यता उपमेयरतर्फ नेपाली काँग्रेस र माओवादी केन्द्रका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका शिवप्रसाद दाहाल, नेकपा एमालेका तर्फबाट रुपा सापकोटा, एकीकृत समाजवादीका तर्फबाट प्रकाश नेपाल र राप्रपाकातर्फबाट यशोदा दाहाल चुनावी मैदानमा रहेका छन् । समग्र बेलकोटगढी नगरपालिकामा १३ वटा वडाहरु रहेका छन् ।