काभ्रेको धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।


ADVERTISEMENT


नगरपालिकाको ११ सय मत गणना हुँदा बागी उम्मेदवार विदुर बस्नेतले ४९४ मत ल्याएका छन्। उनलाई एमालेका उम्मेदवार अशोक ब्यान्जुले ३९७ मत ल्याउँदै पछ्याइरहेका छन्।


ADVERTISEMENT

# # #


अग्रता लिएका बस्नेतले एकीकृत समाजवादीसँग गठबन्धन गर्ने पाटीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिएका थिए। बस्नेतले जेब्रा चुनाव चिन्ह पाएका थिए।

त्यस्तै, उपप्रमुखमा कांग्रेसका निराज जंगमले ५०२ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका लालतारा अधिकारीले ४१३ मत ल्याएर पछ्याएकी छिन्।

बागी उम्मेदवारले अग्रता लिँदै गर्दा गठबन्धनका उम्मेदवारको मत निकै पछि रहेको छ।