स्याङ्जा – स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् ।


ADVERTISEMENT


उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे । दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।

प्रतिकृया

प्रतिकृया