इलाम – इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले प्रारम्भिक नतिजामा अग्रता लिएका हुन् ।


ADVERTISEMENT


राईले १५८ मत पाएका छन् । राईलाई गठबन्धनका दलहरुले समर्थन जनाएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले भने १५२ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा एमालेले अग्रता लिएको छ । एमालेकी दुर्गादेवी भट्टराईले १५३ मत पाएकी छन् भने नेपाली कांग्रेसका दुर्गाकुमार बरालले १४२ मत पाएका छन् ।