काठमाडौं – मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् ।


ADVERTISEMENT


मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा कांग्रेसकी जमुना थापामगरले ६९३ मत पाएर जित हासिल गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मिमकुमारी शेरचनले ६५८ मत पाइन् ।

घरपझोङ गाउँपालिकामा १३ र ५ नम्बर वडाका वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । तर, ३ नम्बर वडामा एमालेका खलेन्द्रप्रसाद थकाली र वडा नम्बर ४मा कांग्रेसका यमप्रसाद थकालीले जित हासिल गरेका छन् ।