काठमाण्डौं-उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत सेर्तुङ स्थित बोराङको मुक्राव देवि मावि मतदान केन्द्रमा भुकम्पमा परेर मृत्यु भएका १७ जनाको नामबाट मतदान गरिएको फेला परेको छ ।


ADVERTISEMENT


यस मतदान केन्द्रका मतदान गर्ने मतदाता परिचय पत्रमा नाम भएका १ जना आत्महत्या, ८ जना कालगतीले मृत्यु, ८ जनाको भुकम्पमा परि मृत्यु भएको थियो । मतदाता नामावलीमा नाम नहटाईएका यी व्यक्तिहरुको नामबाट पनि मतदान भएको कुल खसेको मत संख्याले बताए पछि मृतकहरुको नामबाट पनि मतदान भएको खुल्न आएको हो ।


ADVERTISEMENT

# # #


धादिङको सबै भन्दा बढी ९९ दशमलव २६ प्रतिशत मतदान भएको यस मतदान केन्द्रमा मृतकहरुको नाममा रहेको मतदान परिचय पत्र प्रयोग गर्दै मतदान गरिएको एक स्थानीय युवकले बताएका छन् । मत सबै पक्षमा परेको छ स्थानीय युवाले उपलव्ध गराएको सूची अनुसार यस मतदान केन्द्रमा मतदान गर्ने करीब तीन दर्जन युवाहरु विदेश छन् ।

राप्रपा नेता पूर्वगृहमन्त्री बुद्धिमान तामाङको गाउँको रुपमा परिभाषित बोराङ मतदान केन्द्रमा कुल मतदाता संख्या ८ सय १५ जना थियो भने मतदान ८ सय ९ जनाले गरेका थिए ।

त्यस मतदान केन्द्रका मतदान अधिकृत होम प्रसाद सिटौलाले भौगोलिक विकटता र आफूले सबै मतदाता नचिनेको बताए । दलका प्रतिनिधिहरुले ख्याल गर्नुपर्ने भन्दै उनले बताए, लाइनमा आए, परिचय पत्र देखाए, मतदान गरे शान्तिपूर्ण मतदान भयो ।