काठमाडौं । नेपाली कांग्रेस निर्वाचन समितिका सदस्य एवं नेपाल बिधार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रजातान्त्रिक पद्धती मान्छौं भन्ने कबुल गरेर यसअघि भोट मागे पनि अहिले बाम गठबन्धन मार्फत जनतालाई झुक्याउँदै एमाले र माओबादी केन्द्रले हिँसात्मक कम्युनिष्ट चरित्रलाई उदाङ्गो बनाएको बताएका छन् ।


ADVERTISEMENT


डडेल्धुराको परशुराम नगर काँग्रेसले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै महरले रत्नाकार नामका डाकु आत्मलोचना गरेर बाल्मिकी बनेर रामायण ग्रन्थ लेखेको उदाहरण प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनमा हिँसा मच्चाउनेहरु भने अझै नसुध्रिएको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


बाम गठबन्धनका नाममा परिवर्तनहरुलाई समाप्त पार्दै एक दलीय निरंकुशता लाद्ने षड्यन्त्र भईरहेको भन्दै महरले लोकतन्त्र जोगाउन कांग्रेसलाई भोट दिनै पर्ने अवस्था आएको बताएका छन् ।

कार्यक्रममा एमाले र माओबादीका पाँच दर्जन स्थानीय नेता कार्यकर्ता कांग्रेस प्रबेश गरेका छन् ।

कार्यक्रममा बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, निवर्तमान साँसद नरमान कामी, परशुराम नगर पालिकाका प्रमुख भीम बहादुर साउद, रमेश जोशी लगायतको उपस्थिती थियो ।