विराटनगर – प्रदेश १ को सुरक्षा समितिले निर्वाचन स्थलहरूको अनुगमन गरेको छ । झापाका विभिन्न स्थानको अनुगमन गर्दै निर्वाचनलाई भयरहित रूपमा सम्पन्न गर्न अनुगमन गरेको हो ।


ADVERTISEMENT


प्रदेश प्रमुख सचिव डा राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरूबाट झापा जिल्ला अन्तर्गत कचनकवल गापा र हल्दीवारी गापा क्षेत्रको अति संवेदनशील मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गरेको हो ।


ADVERTISEMENT

# # #


आन्तरिक मामिला मन्त्रालयका सचिव काली प्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसी, सशस्त्र प्रहरीका डिआइजी कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक सहित, नेपाली सेना समेतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनमा झापा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्ला प्रशासन कार्यालय झापामा छलफल पनि भएको छ । छलफलका क्रममा प्रदेशका प्रमुख सचिव घिमिरेले सबै सुरक्षा निकायहरूले सामूहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानीय तहको निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिए ।