काठमाडाैं – नेकपा (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बिहीबार बिहान उनी दाङको भालुवाङबाट पक्राउ गरेका हुन् ।
चुनावमा सहभागी नहुने पक्षमा रहेको बास्तोलाको समूहले हालै विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएर नेकपा बहुमत बनाएको थियो ।


ADVERTISEMENT


बास्तोला दाङस्थित घरतर्फ जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको एक नेताले जानकारी दिए । सो पार्टीले संयोजक पक्राउको विरोध गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #