काठमाडौं – गरिबी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतले लोकतन्त्रको रक्षा र सम्बृद्धिका लागि नेपाली कांग्रेसको बहुमत आवश्यक रहेको बताएकी छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.३ को उम्मेदवारसमेत बनेकी मन्त्री बस्नेतले आज यहाँ चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिष्टले मुलुकमा सर्वसत्तावाद लाद्ने योजनाअनुरुप गठबन्धन गरेको आरोप लगाइन्। उनले कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाएर लोकतन्त्रको रक्षा गर्दै समृद्धिको अभियानलाई सफल बनाउन मतदातालाई आग्रह गरिन् ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बानियाँले मुलुकको हरेक महत्वपूर्ण परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै मुलुकलाई सम्बृद्धितर्फ लैजान कांग्रेसको विजय आवश्यक रहेको बताए । कांग्रेस काठमाडौं क्षेत्र नं। ३ प्रदेश (क) का उम्मेदवार छिरिङ दोर्जे लामाले काठमाडौं उपत्यकाको मुहार फेर्नका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ भने ।

कांग्रेस काठमाडौं क्षेत्र नं। ३ प्रदेश (ख) का उम्मेदवार विमल ठकुरीले नेपाली प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेस जितेमात्र लोकतन्त्रको भविष्य सुरक्षित हुने बताए ।