नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार दीपक कुईँकेल :


ADVERTISEMENT


चुनावी प्रचारको लागि घरदैलो कसरी अगाडी बढिरहेको छ ?


ADVERTISEMENT

# # #


घरदैलो अत्यन्त उत्साहपूर्ण ढंगले भइरहेको छ । जनताले अत्यन्त स्वागत गरिरहेको अवस्था छ । तीन वर्ष तीन महिना तपाईले जुन संविधान सभामा र जनताका जनजीविकाका सवालमा जुन किसिमका कामहरु गर्नु भयो, यो क्षेत्रको आर्थिक उन्नतीका लागि जुन किसिमका योजनाहरु अगाडी सार्नु भयो, त्यसको लागि स्वागत गर्दै तपाईको निरन्तरता हुनुपर्छ भनेर जनताले भनिरहेका छन् ।

तपाईको प्रतिस्पर्धीका रुपमा वामगठबन्धनबाट एमालेका वरिष्ठ नेता माधव नेपाल उठ्नुभएको छ । जसले यस अघिको निर्वाचनमा पनि जित्नुभएको थियो । यस्तै विवेकशील साझाबाट पनि डा. सुर्यराज आचार्य हुनुहुन्छ । आत्मविश्वास कत्तिको बढिरहेको छ ? किनकी चुनाव त नजिकै आइसक्यो नि ।

म त पूर्ण विश्वस्तका साथ चुनावमा गइरहेको छु । जनताहरुले जुन विश्वास मलाई दिनु भएको छ, त्यही अटल विश्वासका साथ म चुनावमा गएको छु । प्रतिस्पर्धीहरु मसंग जुन हिसाबले चुनाव लड्न आएका छन्, त्यो हेर्दा प्रतिस्पर्धा देखेको छैन । अहिले प्रतिस्पर्धीका रुपमा आएकाहरु हिजो जनतालाई तिरस्कार गरेर हिँडेकाहरु हुन् । त्यसले गर्दा तिरस्कार गरेकोलाई जनताले स्वीकार गर्दैनन् । आयो भने खाना दिन्छन् बस्न दिन्छन् तर स्वीकार गर्ने अवस्था रहँदैन । धेरै अवसर पाउँदा पनि उहाँले यो क्षेत्रको लागि कुनै पनि काम गर्नु भएको छैन । त्यस्ता व्यक्तिलाई यो क्षेत्रका जनताले मत दिँदैनन् ।

क्षेत्र नं २ का जनताको लागि के गर्नुहुन्छ ? तपाईका चुनावी एजेण्डाहरु के छन् ?

हामीले संविधान निर्माण गरेका छौँ । संवैधानिक प्रकृयालाई हामीले टुङ्ग्यायौँ । अब समृद्धिको यात्रा सुरु गर्न यहाँको मानवीय विकास र पूर्वाधारको निर्माण नै महत्वपूर्ण कार्य हो भनेर मैँले भनिरहेको छु । जनताले त्यसमा साथ दिएको अवस्था छ । मैँले सुरु गरेका मनोहरा करिडोर आयोजना, स्मार्ट सिटी बनाउने आयोजना, साँखु सम्पदा शहर निर्माण गर्ने आयोजना, नाङ्लेभारे, जर्सिङपौवा र कात्तिकेमा पर्यटन प्रवद्र्धनका लागि गर्ने आयोजनाहरु, त्यहाँको पार्क र खेलकुद मैदान, बज्रयोगिनीको मन्दिर, शाली नदी, पच्च महा लक्ष्मीको मन्दिर र आध्यात्मिक शहर, त्यसै गरी सडकको विस्तार लगायतका कामको सुरुवात गरेको छु । त्यसको निरन्तरता दिन जनताले भनिरहेका छन् ।

मनोहरा जग्गा एकिकरण आयोजवनाको काम निरन्तर रुपमा अगाडी बढिरहेको छ । त्यसलाई निरन्तरता दिनु पर्नेछ । ९ र ३५ नम्बर वडालाई त्यसलाई व्यवस्थित र अत्यन्त रमणीय ठाउँको रुपमा विकास गर्नका लागि मैले जुन परिकल्पनाका साथ अगाडी बढेको छु त्यसमा जनताले साथ दिइरहेको अवस्था छ । यही अनुसार काठमाडौँ क्षेत्र नं २ सुन्दर शहरको रुपमा अगाडी बढ्छु । यस्तै केन्द्रिय स्तरमा भ्रष्टाचार मुक्त समाज, सदाचार युक्त समाज निर्माणका लागि मेरो हिजो देखिको योजनालाई जनताले साथ दिइरहेको छन् । देशलाई चाहिने ऐन कानून निर्माणमा सहयोग गर्छु ।

अन्त्यमा, मतदातहरुलाई के भन्नुहुन्छ ?

हाम्रो क्षेत्र सम्पूर्ण मतदाता दाजुभाई दिदी बहिनीलाई म के भन्न चाहन्छु भने तपाईहरु माटो छाएर अन्तर्मनले निर्णय गर्नुस् । यो क्षेत्रको अस्तित्व, यो क्षेत्रको अस्मिता र विकासका लागि कसले कती काम गरेको छ र कसले कती काम गर्न सक्छ भन्ने मनन गर्दै निर्णय गर्न म आग्रह गर्न चाहन्छु । जनताको विश्वासको आधारमा म चुनाव लडेको छु । त्यही अनुसार सोचेर मत दिन म आग्रह गर्दछु ।