काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


महारागञ्ज नगरपालिका बाहेक अन्य सबै ९ वटै पालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जानकारी दिए । उनले सबै मतदान केन्द्रहरुमा मतदान अधिकृतहरु, मतपेटिका, मतपत्रहरु पुगेको बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै मतदाता परिचयपत्र वितरणसंगै मतदाता शिक्षा कार्यक्रम भइरहेको उनले बताए । मौन अवधिको क्रममा अनुगमन गर्न जादा जुलुस प्रर्दशन केही नभएको र शान्त वातावरण देखिएको प्रमुख निर्वाचन अधिकृत सापकोटाको भनाई रहेको छ ।

जिल्लामा रहेका २३५ मतदान स्थलमा ४६८ मतदान केन्द्र रहेको छन । जसमा २३३७ जना कर्मचारी र १४०४ जना स्वयसेवक नियुक्त गरी परिचालन गरिएको छ । कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगंज नगरपालिकाको उपमेयरका उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भए पछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ ।

मतदान भने जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।