झापा– एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा भुलचुकले मात्रै प्रधानमन्त्री भएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार झापाको दमकमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भुलचुकले देउवा प्रधानमन्त्री भएकाले निर्वाचन आचारसंहिता विपरित मनलाग्दी दुरगामी निर्णयहरु समेत धमाधम गरिरहेको बताए ।


ADVERTISEMENT

# # #


उनले यसरी गरेका निर्णय अव बन्ने बामपन्थीको सरकारले एकमुष्ट उल्ट्याउनसक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन प्रधानमन्त्री देउवालाई सचेत गराए । लोकतन्त्रलाई कांग्रेसले मागि खाने भाडो मात्र बनाएको भन्दै ओलीले कम्युनिष्टहरुले नै लडेर ल्याएको लोकतन्त्र र संविधानको कांग्रेसलाई भन्दा बढि माया पनि लागेको बताए ।

सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्री देउवाप्रति निकै आक्रोशित बनेका अध्यक्ष ओलीले संविधान जारी गर्न नै नमानेको कांग्रेसलाई एमाले र माओवादीले घिसारेर र लतारेर मात्रै संविधानमा हस्ताक्षर गर्न लगाएको भन्दै त्यस्तो कांग्रेस र त्यसका नेताहरुले अहिले कम्युनिष्टहरु संविधान नै मान्दैनन भनेर भ्रमको खेति गरिरहेको आरोप लगाए ।

संविधान जारी भएपछि नेपाल सामाजिक सद्भावसहित एकताको बाटोमा फर्किएको भन्दै ओलीले सवै जातजाती अहिले एक भएको पनि बताए । ‘जातजातीका नाममा हुदै आएका झगडा अव अन्त्य भएका छन् ।’

केहीले संविधानको विरोध गरेपनि नबुझ्नेहरुले मात्र त्यस्तो गर्ने गरेको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले दिल्लीका लागि संविधान संशोधन हुन नसक्ने ठोकुवा गरे । उनले नेपाल र नेपालीका लागि आवाश्यक ठाउँमा संविधान संशोधन गर्न एमाले तयार रहेको भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भोटका लागि भ्रमपुर्ण कुरा गरिरहेको भन्दै उनका कुरा जनताले पत्याउनै छाडेको बताए ।

शेरबहादुरले संविधान संशोधन गर्छु भन्दै भाषणबाजी गरेपनि संविधान संशोधन उनको बर्कत बाहिरको कुरा भएकाले संविधान संशोधन गर्न दुई तिहाइ सांसद चाहिने कुरालाई विर्सेर त्यस्तो कुरा गरिरहेको ओलीले बताए । भने ’संविधान संशोधन देउवाले कसरी गर्नुहुन्छ जवकी दुई तिहाई बामपन्थीको आउदैछ । अनि उहाँले संशोधन गर्छु भन्नुहुन्छ जनताले कसरी पत्याउने ? ’

आफुहरुले लडेर ल्याएका अधिकारलाई संस्थागत गर्ने संविधानको पुर्ण अव कार्यन्वयन गर्ने जनताको अधिकार, अवसर, सुरक्षा र सम्मान गर्ने संविधानको परिकल्पना भएकाले कम्युनिष्टले त्यहि अनुसार काम गर्दै जाने योजनाअनुसार एमाले र माओवादीको एकीकरण गर्न जरुरी रहेको ओलीले प्रश्टयाए ।

संसद भंग गर्ने, दरवारमा बुझाउने काम कम्युनिष्टले कहिल्यै नगरेको बरु देउवाले नै गरेको स्मरण गर्दै उनले चुनाव नगराउने र राजालाई बुझाउने शेरबहादुर देउवा प्रमाणित मानिस नै भएको बताए ।  ‘ बामपन्थीहरु एकजुट भएर अगाडि बढ्छन ढुक्क हुनुस् । एमाले र माओवादी मिल्दा कांग्रेसले रुवाबासी गर्नुपर्ने कारण छैन’ ओली भने।