काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बौद्ध विश्वविद्यालयले महाविद्यावारिधिबाट सम्मान गर्ने भएको छ ।  जेठ २ मा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक नेपाल भ्रमणमा आउन लागेका मोदीलाई सो उपाधिबाट सम्मान गर्न लागिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री मोदी २५६६औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन जेठ २ गते लुम्बिनी आउँदैछन् । विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधि दिने निर्णय भएको विश्वविद्यालय महासभाका सदस्य डा रमेश ढुंगेलले बताए ।


ADVERTISEMENT

# # #


ढुंगेलका अनुसार नेपालका विश्वविद्यालयबाट यो स्तरको सम्मान प्राप्त गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । लुम्बिनी विश्वविद्यालयका चान्सलर प्रधानमन्त्री रहने व्यवस्था छ ।