हेटौंडा – हेटौंडा उपमहानगरपलिका–७ मा मोटरसाइकल र्‍यालीमा सहभागी चालकहरुले हरियो रंगको टिसर्ट लगाउँदा मकवानपुर प्रहरीले रोकेको छ । प्रहरीले निर्वाचन आचारसंहिताविपरीत (यालीमा एकै रंगको टिसर्ट लगाएको भन्दै सर्ट खोल्न लगाएको थियोे ।


ADVERTISEMENT


रिब ५० जना प्रहरी टोलीले आचारसंहिताविपरीत (यालीमा सहभागीले लगाएको हरियो रंगको टिसर्ट खोल्न लगाएको प्रहरीले बताएको छ । प्रहरीले टिसर्ट खोल्न लगाएपछि कतिपय कार्यकर्ता विहान करिब १० बजे भित्रीवस्त्रमै र्‍यालीमा घुमेको प्रत्यक्षदर्शीको भनाइ छ ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको करिब ५० जना प्रहरी टोलीले र्‍यालीमा हस्तक्षेप गरेको थियो ।चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरी परेपछि प्रहरीले आचारसंहिताविपरीत एकै रंगका टिसर्ट लगाएर मोटरसाइकल र्‍यालीमा हिँड्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनले राजनीतिक दलहरुको चुनावी अभियानमा हिँड्न छुट भएको तर निर्वाचन आचारसंहिता उल्लंघन गरी हिँड्न कसैलाई छुट नभएको भन्दै सबै दललाई आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरमा प्रायः सबै दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आएका छन् ।

त्यस्तै, हेटौंडा–७ मा निर्वाचन आचारसंहितविपरीत सार्वजनिकस्थलमा पार्टीको झण्डा राखेकोमा प्रहरीले हटाएको छ । आचारसंहित उल्लंघन गर्दै विद्युत् प्राधिकरणको पोल, वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालमा पार्टीको झण्डा राखेको पाइएको हो ।
यसअघि हेटौंडा–५ मा नेपाल विद्युत् प्राधिकरणको पोलमा झण्डा तथा पर्चा टाँसेको पाइएको थियो ।

निर्वाचन आचारसंहिताविपरीत सार्वजनिकस्थलमा कुनै राजनीतिक दलले झण्डा झुन्ड्याउन पाउँदैनन् । हेटौंडा–५ मा पोलमा राखिएको झण्डा निर्वाचन आयोगको कार्यालयको निर्देशनमा प्रहरीले हटाउन लगाएको थियो । रासस