मकवानपुर – मकवानपुर जिल्लामा पालिका चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।


ADVERTISEMENT


जिल्लाका एक सय ६५ वटा मतदान स्थलका लागि र त्यसको वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्तिपूर्वक चुनाव गराउनका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


वैशाख ३० गतेको पालिका चुनावका लागि भनेर मकवानपुर प्रशासनले नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना र म्यादी प्रहरी १ हजार ४ सय जना परिचालन गरिएको पाण्डेले जानकारी दिए । पहिलो घेरामा जनपथ र म्यादी प्रहरी रहनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा अर्थात मतदान स्थल वरपर भने नेपाली सेना परिचालन गरिएको उनले बताए ।

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । अहिले चुनाव आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका ३ सय ६५ वटै मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसँग मतपत्र लगायतका सामग्रीहरु लिएर पठाइने तयारी मुख्य चुनाव अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको दश पालिकामध्येमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको ठाउँ, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोबास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको ठाउँमा चुनाव विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।

चुनावलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ। चुनावको हरेक मतदान स्थलमा पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।

मकवानपुरमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले चुनावभरि पालो दिएर त्यो जनशक्ति पनि चुनावमा खटाइएको छ ।