रौतहट – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनको सरकारले देश बर्बाद पारेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


रौतहटको चन्द्रपुर नगरपालिकामा आयोजित वृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको उदेश्य देश बनाउने भन्दा पनि देश बिगार्ने भएको भन्दै यो कुरा गठबन्धनको १० महिने शासनकालमा जनताले बुझिसकेको बताए ।


ADVERTISEMENT

# # #


‘मिलिजुली स्वार्थहरुको गठजोडबाट बनेका गठबन्धनले देश हाँक्न सक्दैनन् १० महिनामा हामीले देखिसक्यौँ,’ उनले भने, ‘देश हाँकिदैन यिनीहरुबाट, देश बर्बाद हुँदैछ । देशको अर्थतन्त्र ध्वस्त हुँदैछ।’

अर्को एक प्रसंगमा उनले सरकारलाई देश र जनताको विषयमा सोच्ने कुनै फुर्सद नभएको भन्दै सरकार केवल कसरी गठबन्धन जोगाउने भन्ने ध्यानमा मात्र सिमित रहेको आरोप लगाए ।

उनले गठबन्धनका नेताहरु चितवनमा गएर प्रचण्डको छोरीको लागि भोट माग्न नभइ नदिए ठिक हुँदैन् भन्दै धम्काएको भन्दै जनतालाई धम्काएर हिड्ने नेताबाट त्रसित र अलमलमा नपरे विकासको लागि एमालेलाई मत दिन अपिल गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार गर्न जनता नेकपा एमालेमा गोलबन्ध हुनुपर्ने भन्दै अध्यक्ष ओलीले देश विकास गर्ने एकमात्र शक्ति एमालेनै रहेको ठोकुवा गरे ।

अर्को एक प्रसंगमा उनले माधव नेपालले एमालेलाई कुहिँएको फर्सी भनेपनि वास्तवमा कुहिँएको फर्सी माधव नेपा आफैँ रहेको जिकिर गरे ।

‘नेकपा एमालेले उनलाई १५ वर्ष अध्यक्ष र २१ महिना प्रधानमन्त्री बनायौँ तर उनले प्रचण्डको छोरीलाई भोट माग्दा एमाले कुहिँएको फर्सी हो भने’ उनले भने, ‘व्यवहारले प्रमाणित गरेको छ एमाले होइन माधव नेपाल चाहिँ कुहिँएको फर्सी हुन्।’

स्थानिय तहमा नेकपा एमालेबाट जितेका जनप्रतिनिधीहरुको जिम्मा नेकपा एमालेले दिने भन्दै सुशासन र दिगो विकासको लागि एमालेको विकल्प नभएको उनको कथन छ ।

नेकपा एमाले चन्द्रपुर नगर निर्वाचन परिचालन कमिटीले आयोजना गरेको सो चुनावी सभामा नेकपा एमालेका केन्द्रिय सचिव रघुविर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, केन्द्रिय सदस्य उद्धव रेग्मी, कुन्दन कुशवाह, रेखा झा, मधेस प्रदेश उपाध्यक्ष रेवती पन्त, उपसचिव आरती भण्डारी लगायका नेताहरुले सम्बोधन गरेका थिए ।

चन्द्रपुर नगर निर्वाचन परिचालन कमिटीका संयोजक अखिलेश्वर चौधरीको अध्यक्षता सम्पन्न सो सभामा ठुलो संख्यामा नेता, कार्यकर्ता तथा सर्वसाधरणको सहभागिता रहेको थियो ।