काठमाडौँ – लिस्ट ‘ए’ सिरिजको पहिलो खेलमा जिम्बाब्बेको ‘ए’टिमसँग नेपाल ३ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो । १३७ रनको लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको जिम्बाब्बे ‘ए’ टोलीले २६ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


जिम्बाब्बेका लागि इन्नोसेन्ट किाइयाले सर्वाधिक नटआउट ४८ रन बनाए । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै सेफास जुवाओले २९ बलमा ३ चौका र २ छक्काको मदतमा ३२ रन जोडे भने रोय काइयाले १७ बलमा २ चौकासहित १४ रन बनाए । जिम्बाब्बेका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि करण केसी र कप्तान सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने सागर ढकाल र सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि नेपालका लागि ब्याटिङ राम्रो चल्न सकेन । नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङमा आएका सोमपाल कामी र नवौँ नम्बरमा आएका करण केसीले नेपालको ब्याटिङको इज्जत जोगाए ।

त्यसक्रममा सोमपालले ७० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए भने करण केसीले ३६ बलमा ३ चौकाको मदतमा महत्वपूर्ण २५ रनको योगदान दिए ।

कुशल भुर्तेलले र दीपेन्द्र सिंह ऐरीले क्रमशः १९ र १८ रन हाने । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

जिम्बाब्बेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए । यस्तै भिक्टोर नायुची, ब्रान्डन माभुता र सेफास जुवाओलेले समान २–२ विकेट लिए ।

लिस्ट ए सिरिजको दोस्रो खेल भोलि बिहान ९ः३० बजे हुनेछ । यसअघि भएको ३ खेलको टी–२० सिरिजमा यी दुई टोलीले १–१ हात पारेका थिए भने १ खेल वर्षाका कारण रद्द भएपछि उपाधी बाँडेका थिए ।