काठमाडौँ – टी–२० सिरिजको अन्तिम खेलमा जिम्बाब्बेको ‘ए’ टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई १३७ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बाब्बे ‘ए’ टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको हो । जिम्बाब्बेका लागि रोय काइयाले ४१ बलमा ७ चौकाको मदतमा ४० रन बनाएर आउट भए । यस्तै ताडिवानासे मरुमानीले ३० बलमा १ चौका र १ छक्कासहित २७ तथा लुके जोंग्वेले २३ बलमा २ चौकासहित नटआउट २३ रन बनाए ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । यस्तै वासिर अहमदले ४ ओभरमा १८ रन दिएर १ विकेट लिए भने सोमपाल कामीका नाममा १ विकेट रह्यो ।नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

सिरिजको पहिलो खेलमा जिम्बाब्बेले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।