काठमाडौँ – म्यादी प्रहरीको पोशाक लगाएर भिडियो खिच्दै सामाजिक सञ्जालमा भाइरल भएका एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।


ADVERTISEMENT


कपिलवस्तु प्रहरीका अुनसार नवराजलाई म्यादी प्रहरीको पोशाकको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो । उनले आफ्ना नातेदारको म्यादी पोशाक लगाएर उक्त भिडियो खिचेको पाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले म्यादी पोशाकवाला व्यक्तिलाई समेत सोधपुछ गरेको छ ।