काठमाडौँ – नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल रद्द भएको छ ।


ADVERTISEMENT


किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल रद्द भएको हो । वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो । जिम्बावेले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । यस अघि आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।