काठमाडौं । भय रहित र शसक्त रुपमा चुनावी माहोलमा होमिन नेपाल बिधार्थी संघले अपिल गरेको छ । विगत देखिका परिवर्तन र महत्वपूर्ण घडीहरुमा नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको बताउँदै संघका अध्यक्ष नैनसिँह महरले वर्तमान समय र भबिष्यको समेत नेतृत्व गर्नका आफ्नो माउ पार्टी तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


‘विकास, समृद्धि र जनताको पार्टी कांग्रेस नै हो’ महरले हिमालय पोष्टलाई भने ‘बाम भ्रमका नाममा कसैलाई भुलभुलाहटमा नपारे हुन्छ, लोकतन्त्र रक्षा गर्दै अबको देशको नेतृत्व गर्ने पार्टी कांग्रेस बाहेक अरु हुन सक्तैन ।’


ADVERTISEMENT

# # #


कांग्रेसले संविधान कार्यान्वयन, निर्वाचन र समृद्धिको बाटोमा देशलाई अघि बढाईरहँदा भड्काउने र तर्साउनेहरु समेत सक्रिय रहेको बताउँदै उनले बिचलित नभई जनता र देशको नेतृत्वका लागि निडर भएर अघि बढ्न नेविसंघले आग्रह समेत गरेको छ ।

‘इतिहासका प्राय जसो कालखण्डमा (राणा,पञ्चायत,निरंकुश राजतन्त्र, माओबादी ,देशी बिदेशीको निशानामा काँग्रेस मात्रै पर्नुले काँग्रेस जनताको असली पार्टी भएको प्रमाणित हुन्छ’ उनले भने ‘जनता काँग्रेसको साथमा रहेसम्म कुनैपनि नेता कार्यकर्ता बिचलित नभई चुनाबको माहोलमा लागि रहन अनुरोध गर्दछु ।’

निर्वाचनको माहोल चलिरहँदा भईरहेका आक्रमण र हिँसात्मक घटनाहरुमा नेविसंघको कडा आपत्ति छ ।

‘दाङमा भएको आक्रमण होस् वा उदयपुरमा क्षेत्र नं. २ का उम्मेदवार नारायण बहादुर कार्की ,उदयस्रि क्याम्पस नेवि संघ अध्यक्ष मीरा कटुवाल सहित ७ जना माथिको आक्रमण र रोल्पाका ने।बि।संघ नेता बिष्णु के।सी। माथि भएको आक्रमण राष्ट्रियता र प्रजातन्त्रका खिलापमा नेपाली काँग्रेसको बिरुद्वमा गरिएको सुनियोजित आक्रमण हो’ जारी बिज्ञप्तिमा भनिएको छ ‘घाईतेहरुको स्वास्थ्य उपचारका साथै घटनामा संलग्न दोषी उपर कडा कारबाहीका लागि नेपाल सरकारसँग माग गर्दछु ।’