काठमाण्डौं-म्यानचेस्टर युनाइटेडबाट एभर्टन गएका वायन रोनीले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा ह्याट्रिक गरेका छन् । प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गर्ने क्रममा बुधबार राति घरेलु मैदानमा एर्भटनमाथि ह्याट्रिक गरेका हुन्। उनी यसै सिजन आफ्नो पुरानो क्लब एभर्टन गएका हुन् ।


ADVERTISEMENT


वेष्ट ह्यामलाई ४–० ले हराउने क्रममा रोनीले ह्याट्रिक गरेका हुन् । ले यसअघि सन् २०११ को सेप्टेम्बरमा बोल्टनसँगको खेलमा ह्याट्रिक गरेका उनले खेलको १८ र २८ औं र ६६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।


ADVERTISEMENT

# # #


ह्याट्रिक पूरा गर्नुअघि पाएको पेनाल्टीमा भने उनी चुकेका थिए ।

एभर्टनका लागि ७८ औं मिनेटमा विलियमसले थप एक गोल गरे । यो जितसँगै एभर्टन चार स्थान माथि उक्लिँदै अंक तालिकाको १३ औं स्थानमा आएको छ । उसको १४ खेलबाट १५ अंक भएको छ ।