काठमाडौँ– गोरखा भकम्पको सातौँ वर्षीय स्मृतिमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले एक कार्यक्रम सम्पन्न गरेको छ । वि.सं २०७२ वैशाख को विनाशकारी भुकम्पमा परी दिवंगत भएकाहरुको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले आज एक स्मृति सभा आयोजना गरेको हो ।


ADVERTISEMENT


केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लाल माया गुरुङ, रक्तसंकलन स्यंमसेवकहरु सानुमैया कपाली र सिम्रन डंगोल लगायत स्वयंसेवी रक्तदाताहरुको मिति २०७२ बैशाख १२ गते शनिवारका दिन रक्तसंकलन गर्दै गर्दाको अवस्थामा गएको विनासकारी भुकम्प कारण काष्ठमण्डपमा ज्यान गएको थियो ।


ADVERTISEMENT

# # #


केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलको संयोजकत्वमा सोल्टीमोडमा आयोजित सातौं स्मरण कार्यक्रममा स्वयंसेवक तथा नेरेसोका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भूकम्प गएको समय पारेर आज विहान ११ बजेर ५७ मिनेटमा मौनधारणबाट सुरु कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विपत्तीमा परेर ज्यान गुमाउने दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै स्वयंसेवक र कर्मचारीहरुको शुरक्षामा थप ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारीहरु गमला क्षेत्री, राम श्रेष्ठले आफूहरु सो दिन फिल्डमा खटिँदा भोगेको अनुभव सहभागिहरुलाई सुनाए। नेरेसो कर्मचारी संघका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपंतिमा खटिनेहरुको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचोबारे चर्चा गरे ।