काठमाडौँ – भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी हुन् । उनसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT

# # #


दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

उम्मेदवारी दर्ता गर्न जाँदै रेनु दाहाल ।

ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेकी थिइन् ।

दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सो पदबाट राजीनामा दिएकी थिइन् । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति छन् । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ । रासस