काठमाडौं – नेपालमा ‘साउथ एसियन रिजिनल कन्ट्रि ब्रिरिलाइन्स अवार्ड एण्ड कल्चर प्रोग्राम’ सम्पन्न भएको छ । अवार्ड समारोहमा नेपालको प्रतिनिधित्व गर्दै ‘आर्ट एण्ड कल्चर क्याटेगेरी’बाट शिवकैलाश कला मन्दिरले ‘अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।


ADVERTISEMENT


उक्त अवार्ड कार्यक्रममा प्रमुख अथितिका रुपमा पुर्वउपप्रधान तथा पूर्व परराष्ट्र मन्त्री सुजाता कोईराला रहेकी थिइन् ।   विशिष्ठ अतिथिमा भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्याय रहेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा शिव कैलाशका नृत्य नृर्देशक नारायण रिजाल, मोडल तथा नृत्य निर्देशक रेनुका रिजाल, मोडल तथा नृत्य निर्देशक रोशन बुढाथोकी, नृत्य कलाकार यमुना पिठकोटे मगर, उज्जल कार्की, प्रज्ञा कर्की, स्नेहा थापा मगर, अलिना गुरुङ, भरत पुतुवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिव कैलाश कलामन्दिरको तप्प नृत्य, तामाङ सेलो, झ्याउरे, झांगड लगायतको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । नेपाल बङ्गलादेश मैत्री संघका अध्यक्ष दिनदयाल रिजाल नेपालको समन्ययमा भएको सो कार्यक्रम ‘वल्र्ड बुक अफ स्टार रेकर्ड्स ईन्डिया’ले आयोजना गरेको हो ।