काठमाडौ‌ं – अन्ततः पाँच दलीय सत्ता गठबन्धनले महानगरपालिकाको भागबण्डा टुंग्याएको छ । मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबण्डामा सहमति जुटाएको हो ।


ADVERTISEMENT


पोखरा महानगरको दाबी नेपाली कांग्रेसले छाडेपछि सहमति जुटेको हो। मंगलबार गठबन्धनले गरेको भागबण्डा अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर पाउनेछ भने नेकपा माओवादी केन्द्रले भरतपुर महानगर पाउनेछ। त्यस्तै, वीरगञ्ज महानगर जनता समाजवादी पार्टी (जसपा)ले पाउने भएको छ।


ADVERTISEMENT

# # #


मंगलबारको बैठकमा सहभागी माओवादी केन्द्रका एक नेताका अनुसार आफूहरुबीच सहमति भइसकेको र एकैछिन पछि निर्णय सार्वजनिक गर्ने बताए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।