काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुन स्थानीय तह कसले लिने भन्नेबारेमा छलफल गर्न बैठक बसिरहेको हो ।
आजको बैठकले दलहरुमाझ महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिको बाँडफाड गर्ने एक नेताले बताए ।
बैठकमा गठबन्धनका शीर्ष नेताहरु उपस्थित छन् ।