काठमाडौँ – आफूलाई निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन् ।


ADVERTISEMENT


राष्ट्र बैँकका संवेदनशील सूचना चुहाएको, अर्थमन्त्रीलाई असहयोग गरेको भन्दै सकारले अधिकारीलाई चैत्र २५ गते निलम्बित गरेको थियो । साथै उनीमाथि छानबिन गर्न एक समिति समेत गठन गरेको थियो ।


ADVERTISEMENT

# # #


गभर्नर अधिकारीले आफूमाथिको निलम्बन र छानबिन समिति गैरकानुनी भएको भन्दै खारेजीको मागसहित आइतबार सर्वोच्च अदालत पुगेका हुन् । उनले आफूलाई जिम्मेवारीमा फर्किने गरी अन्तिरिम आदेश दिन समेत सर्वोच्चसँग माग गरेका छन् ।