काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही अप्रिल ३० (वैशाख १७ गते) देखि जिम्बाब्बेको ‘ए’ टिमसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजमा ५० ओभरको लिस्ट ‘ए’ सिरिज वैशाख २१ सम्म हुने छ । जस अनुसार पहिलो खेल वैशाख १७ गते, दोस्रो खेल वैशाख १९ गते र अन्तिम खेल वैशाख २१ गते हुने भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै टी–२० सिरिजको पहिलो खेल वैशाख २३ गते, दोस्रो खेल वैशाख २४ गते र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालले यसअघि चैत्र दोस्रो साता घरेलू मैदानमा पपुवा न्यूगिनी (पीएनजी)सँग २ खेलको एकदिवसीय सिरिज खेलेको थियो । दुवै खेलमा नेपाल हारेको थियो । त्यस लगत्तै पीएनजी र मलेसियासँगको त्रिकोणात्मक ‘टी–२० सिरिज’को उपाधी हात पारेको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पाँचवटै खेलमा जित हात पारेको थियो ।