काठमाण्डौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।


ADVERTISEMENT

# # #


आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध रु आठ करोड ८२ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही रु आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

आयोगका अनुसार उनीहरुले आर्थिक वर्ष २०६९/७० र आव २०७०/७१ मा भएको कारोबार अध्ययन गर्दा रु आठ करोड ८२ लाख कम राजश्व दाखिला गरेको आयोगले जनाएको छ ।

यसअघि पनि आयोगले सोही कार्यालयका आठ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।