काठमाण्डौं-उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो । सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो ।


ADVERTISEMENT


अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको यस कदमले विश्व नै खतरामा परेको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT

# # #


यस परीक्षणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै स्थिति सम्हाल्ने बताए । ट्रम्पले भनेका छन्, ‘सायद तपाईंले सुन्नु भएको होला र केहीले रिपोर्ट पनि दिएका छन्, केही समय अघि उत्तर कोरियाबाट मिसाइल हानिएको छ । हामी केबल यत्तिमात्रै भन्न चाहान्छौं कि हामी यसको ध्यान राख्ने छौं ।

मेरो साथमा रक्षामन्त्री मेटिस पनि हुनुहुन्थ्यो । यसबारे हाम्रो लामो कुराकानी भयो । यो एक यस्तो स्थिति हो जसलाई हामी सम्हाल्न सक्छौं ।’

बीबीसीका अनुसार मिसाइल कति टाढासम्म पुग्यो र यो जापानको माथिबाट उडेर गयो कि गएन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । यसै वर्ष उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गरेको थियो ।