काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे अन्योलता सिर्जना गर्नेगरी अभिव्यक्ति नगर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


आयोगको नियमित पत्रकार सम्मेलनमा बिहीबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तालाई त्यस्ता अभिव्यक्ति नदिन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति आएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ ।’ उनले भने, ‘निर्वाचनबारे अन्यौलता सिर्जना गर्ने यस्ता अभिव्यक्ति नदिनहुन सरोकारवाता सबैलाई आयोग आग्रह गर्दछ ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन सहभागी हुने भए निर्वाचन सार्न सकिने खालको अभिव्यक्ति दिएका थिए ।

यस्तै निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आजसम्म ३९ जिल्लाका ७० लाख ३३ हजार मतपत्र छपाई सम्पन्न भएको छ । स्थानीय निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको भनाई छ ।

प्रवक्ता पौडेलका अनुसार हाल दैनिक सरदर ८ लाख मतपत्र छपाई भइरहेको छ ।