काठमाण्डौं-निर्वाचन आयोगले हिमाली जिल्ला डोल्पाको मात्र मतपेटिका संकलन गर्न बाँकी रहेको जनाएको छ ।


ADVERTISEMENT


डोल्पाका ९ स्थान बाहेक ३१ जिल्लाको मतपेटिका संकलन कार्य सकिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


हिजै मतपेटिका संकलन कार्य सक्ने भनिए पनि मौसम प्रतिकुलताका कारण नसकिएको उनको भनाई छ । मतपेटिका संकलन गरेर सुरक्षित स्थानमा सिल गरेर राखिएको आयोगले जनाएको छ ।

पहिलो चरणमा मंसीर १० गते पहाडि र हिमाली ३२ जिल्लामा प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।

यसैबीच मंसीर २१ गते दोस्रो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

आवश्यक निर्वाचन सामाग्री ४५ वटै जिल्लामा पठाइसकिएको प्रवक्ता ढकालले बताए । यस्तै आयोगले आचारसंहिताको पालना कडाईका साथ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

राजनीतिक दलका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरेको भन्दै आयोगले पालनामा कडाई गरेको हो ।