भक्तपुर– भक्तपुरमा आइतबारदेखि शुरु भएको विस्केट जात्राको पहिलो दिन नै झडप भएको छ । गएराति जात्राको रथ तान्ने क्रममा भएको ढुङ्गा हानाहानमा २० जना घाइते भएको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT


भक्तपुरको प्रसिद्व ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्का जात्राको क्रममा हुने हुलदंगा एवम् झै–झगडा रोक्नका लागि सरकारले प्रहरी तथा सशस्त्र गरी एक हजार ३५० जनाको सुरक्षाकर्मी टोली खटाएको छ । यस्तै, आवश्यक परेको खण्डमा अन्य सुरक्षाकर्मी समेत तैनागथ रहेको प्रहरी प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


जात्राको दोश्रो दिन सोमबार भैरव र भद्रकालीको रथमा पूजाआजा गरिएको छ । स्थानिय भक्तजनहरुले बिहानैदेखि भैरव र भद्रकालीमा पूजाआजा गरेका हुन् । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् ।

जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आ-आफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ । यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ ।

यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।