काठमाडौँ– प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ ।


ADVERTISEMENT


पछिल्लो समय धमलाले नियम तोड्दै जहाजभित्रको अति संवेदनशिल स्थानमा पुगेका कारण काउन्सिलले सोधेको स्पष्टीकरणमा उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै काउन्सिलले उनलाई थप बयानका लागि बोलाएको हो ।


ADVERTISEMENT

# # #


उक्त स्पष्टिकरणमा धमलाले जनतालाई छिटो छरितो रुपमा समाचार प्रदान गर्नै हेतुले मात्रै सो स्थानमा प्रवेश गरेको र आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका थिए । उनले बुझाएको सो स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै धमलालाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो।

नेपाल बार एसोसियनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहित आचार संहिता अनुगमन समितिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउन सिफारिस गरेको छ ।

चैत्र २० मा प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणबाट फर्किने क्रममा धमलाले जहाजका कर्मचारीको अनुनयलाई बेवास्ता गर्दै जहाजको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भिडियो भाइरल भएको थियो । पत्रकारको आचार संहितामाथि नै प्रश्न उठ्ने गरी प्रर्दशित धमलाको सो हर्कत अशोभनिय भएको भन्दै काउन्सिलले उनीमाथि सोधपुछ गरी स्पष्टिकरण मागेको थियो ।