काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा अग्रसर भएको बताउँदै उनले भने, ‘अहिले अर्थतन्त्र हेर्नुहोस् त देशको । श्रीलङ्का बन्न जाँदैछ नेपाल । केहीसमयपछि तपाईंहरु (शिक्षकतर्फ देखाउँदै)ले तलब पाउनु भएन भने अनौठो नमान्नु होला । तनाखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन ।’

ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादीतर्फ ढकेलेको र सबै मिलेर रोक्नुपर्ने बताए । उनले भने, ‘देश बर्बाद बनाउँदैछ यो अपराधी गठबन्धनले । अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा असफल राज्यतिर जाने अवस्था भइसक्यो ।’

उनले मुलुक अप्ठेरो अवस्थामा जादा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमाआवद्ध दलहरु खुसी भएर बसेको तर्क गरे । एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै अध्यक्ष ओलीले एमाले ढुंगाको काम फोडेर पनि सरकारमा आउने दाबी गरे ।

उनले परमादेशबाट बनेको सरकार असंवैधानिक भएको दोहोर्याए ।