काठमाडौँ- हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालद्वारा सिन्धुपाल्चोकमा आयोजित स्वास्थ्य शिविरबाट एकैदिन ४५० जनाले स्वास्थ्यलाभ लिएका छन् ।


ADVERTISEMENT


शनिवार जिल्लाकै सिन्धु सदाबहार अस्पतालसङ्गको सहकार्यमा खाडिचौरीस्थित आयोजित सो शिविरबाट एकैदिन ४५० भन्दा बढिले सेवा लिएका हुन् ।


ADVERTISEMENT

# # #


शिविर सञ्चालनका लागि ह्याम्सबाट पुगेका वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल, डा. करिश्मा पाण्डे, डा. रेशिस श्रेष्ठ, हाडजोर्नी विशेषज्ञ डा. सन्दिप भन्डारी, छाला तथा यौन रोग विशेषज्ञ डा. प्रगती थापा, नाक,कान, घाँटी रोग विशेषज्ञ डा. श्रद्धा फुयाँल, प्रोपर्टी भण्डारी, रेडियोलोजी डा. प्रदिप चापागाईं र सिन्धु अस्पतालका जनरल फिजिसियन डा. अमित विष्टलगायतको चिकित्सक एवम् नर्सिङ टोलीले सम्बन्धित रोग तथा समस्याबारे सेवा प्रदान गरेका थिए ।

सो अवसरमा अस्पतालले बिरामीहरुको समस्या पहिचान गरी नि:शुल्क एक्स-रे तथा औषधिसमेत वितरण गरिएको ह्याम्सका उपप्रबन्धक रोशन अधिकारीले बताए । उनका अनुसार, शिविरमा सेवा लिएका बिरामिहरुको थप आवश्यक उपचारका लागि अस्पतालले विशेष छुटको समेत व्यवस्था गरेको छ ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा गरिब तथा विपन्न वर्गका लागि विभिन्न स्थानहरुमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।