काठमाडौं – नेपालमा रासायनिक मल कारखाना आयातित ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्डको ५० औँ बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको डाइयाग इन्डस्ट्रिज जीएमबीएचलाई अनुमति दिने निर्णय गरिसकेको छ।


ADVERTISEMENT

# # #


तर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले इलेक्ट्रोलाइसिस प्रविधिबाटै रासायनिक मल कारखाना खोल्नुपर्ने धारणासहित आवश्यक विद्युत् सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स (सिन) र नेपाल विद्युत् प्राधिकरणले संयुक्त रूपमा शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै ऊर्जामन्त्री भुसालले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्।