काठमाडौँ – एसएपी भीम ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखका रुपमा तीन महिना पूरा गरेका छन् । प्रहरी प्रधान कार्यालय महिला तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत एसएपी ढकालले गत पुस २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।


ADVERTISEMENT


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेसँगै एसएसपी ढकालले सुरक्षा व्यवस्थामा कडाई गरेका थिए । यो अवधिमा ढकालले विमानस्थलको समग्र सुरक्षा व्यवस्थालाई थप सुदृढ गरी भरपर्दो एवं प्रभावकारी बनाउन उल्लेखनीय काम गर्न सफल भएका छन् ।


ADVERTISEMENT

# # #


तीन महिनामा करिब ९९ किलो अवैध सुन बरामद

एसएसपी ढकालको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले गत पुस २३ गतेयता करिब ९९ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले ८ करोड ५ लाख ४९ हजार १ सय ४३ रुपैयाँ १० पैसा बराबरको ९८.४७ किलो अवैध सुन बरामद गरेको हो ।

यस कार्यमा संलग्न एक जना भारतीय र एक जना बंगलादेशी नागरिक तथा १२ जना नेपालीसहित १४ जनालाई पक्राउ गरी आवश्यक कारबाही गरिएको छ । अवैध

अवैध मुद्रा बरामद

यस्तै विमानस्थल प्रहरी अवैध मुद्रा बरामदमा पनि सक्रिय भएको छ । यो बीचमा प्रहरीले विभिन्न देशका ९ जना मानिसलाई ६० हजार ७६० साउदी रियाल, २ हजार ६७५ युएई दिराम, ३१ हजार ६०० नेपाली रुपैयाँ, २ लाख ९६ हजार ७०० भारतीय रुपैयाँ, ३८ हजार ९०० मलेसियन रिंगिट, १५ लाख ९० हजार जापानी यन बरामद गरेको छ ।

यस्तै ३५ हजार १९३ अमेरिकी डलर, १९ हजार ६०० अष्ट्रेलियन डलर, ७ हजार ७०० यूरो, १ हजार ९०० क्यानेडियन डलर बरामद गरिएको छ ।

यस्तै विमानस्थलमा १२ लाख ८० हजार ८ सय रुपैयाँ बराबरका विद्युतीय सामानसहित ५ जनालाई पक्राउ गरिएको छ भने १२.३३ केजी सिलाजितसहित २ जना पक्राउ परेका छन् ।

प्रभावकारी सुरक्षा चेकजाँच

त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थललाई सुरक्षाका दृष्टिकोणले निकै नै संवेदनशील ठाउँ मानिन्छ । भन्सार छली, अवैध सामग्री कारोबार र ओसारपोसार लगायतका विभिन्न किसिमका अपराध हुने विभानस्थलबाटै हुने भएकाले एसएसपी ढकालले सुरक्षा चेकजाँच मा सुरुवाती दिनदेखि नै निकै कडाई गरे ।

जसका लागि विमानस्थल क्षेत्र भित्र प्रवेश गर्ने स्थानहरुमा (आयल निगम गेट, गोल्डेन गेट, फलामे गेट, आयल निगमका ट्याङकरहरु विमानस्थलको ‘बे’ सम्म प्रवेश गर्ने गेट) थप जनशक्ति खटाई ‘भेइकल सर्च मिरर’द्वारा चेकजाँचको व्यवस्था मिलाइएको एसएसपी ढकालले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय आगमनमा खटिएका पासवाहक कर्मचारीर आगन्तुकलाई एप्रोन हुँदै प्रस्थान क्षेत्रतर्फ जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको सोको लागि थप प्रहरी कर्मचारी समेत खटाइएको छ ।

केही दिनअघि विमानस्थलमा एक जना प्रहरीलाई छल्दै नेपाल एयरलाइन्सको विमानसम्म पुगेको खबर आएको थियो । ती व्यक्ति प्रवेश गरेको ठाउँलाई पनि अहिले भौतिक पूवाधार बनाउँदै कडाई गरिएको छ । यस्तै विमानस्थलको फलामे गेटमा खाना, नास्ता तथा फोहोरको ‘स्क्रिनिङ’ गर्नको लागि एक्स–रे मेसिन जडानको प्रक्रिया सुरु भएको छ ।

यस्तै प्रहरी कर्मचारीहरुलाई ड्यूटीको समयमा अति आवश्यक बाहेक अन्य अवस्थामा मोबाईल फोनको प्रयोग गर्न निषेध गरिएको छ ।

प्रहरी पूर्वाधारमा सुधार

तीन महिनाको अवधिमा विमानस्थलमा प्रहरीका लागि भौतिक पूर्वाधारमा व्यापक सूधार भएको एसएसपी ढकालको दाबी छ । जस अनुसार एक प्रहरी कर्मचारी एक खाटको अवधारणा अनुरुमा सम्पूर्ण प्रहरी कर्मचारीहरुको लागि खाटको व्यवस्थापन गरिएको उनले बताए । यस्तै व्यारेक भित्र बस्ने प्रहरी कर्मचारीहरुको लागि शुद्ध पिउने पानी, स्नानगृह, शौचालयको रंगरोगन एवं मर्मत सम्भार गरिएको छ ।

यस्तै पुरानो, टुटफुट भएको धारालाई मर्मत गरिएको छ भने ब्यारेक प्राङ्गण, धारा र शौचालय भित्र नयाँ बत्ती जडान गरिएको छ ।

आगमन– प्रस्थान हुने यात्रुहरुबाट ब्यागेज टुटफुट भएको एवं सामान हराएको, चोरी भएको भन्ने गुनासोहरु आउने गरेपछि विमानको ब्यागेज होलभित्रको भिडियो रेकर्ड राख्न १३ थान क्यामेरा खरिद भएको छ । यस्तै नयाँ व्यारेक भवन बस्ने प्रहरी कर्मचारीहरुको लागि ‘४३ ईन्च’ को स्मार्ट टि.भी. जडान गरिएको छ ।

समिक्षालयको लागि मिटिङ टेवल कुर्सी २० खरिद गरिएको छ । आगमन अध्यागमन क्षेत्रतर्फ प्रवेश गर्ने पास वाहक कर्मचारीहरुको लागि ‘पास रिडर मेसिन’ जडान गरी प्रयोगमा ल्याइएको छ ।

आचरण अनुशासनमा सुधार

एसएसपी ढकालले आफू र मातहतका सुरक्षा अधिकृतद्वारा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तिलिम तथा प्रशिक्षण दिएर अनुशासित, लगनशील, पेशाप्रति समर्पित हुन प्रेरित गरेका छन् । जसले गर्दा प्रहरी कर्मचारीहरुले विभागिगीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनशील भई आफूलाई तोकिएको जिम्मेवारीलाई उच्च मनोवलका साथ सम्पादन गर्दे आएका छन् ।

यस्तै एसएसपी ढकालको नेतृत्वमा विमानस्थल प्रहरीले सभ्य, शिष्‍ट, नम्र व्यवहार गरी साथै यात्रुमैत्री सेवा प्रदान गरी हवाई यात्रुहरुको यात्रा सुरक्षित एवं भरपर्दो बनाई सुरक्षा प्रदान गर्दै आएको छ ।

यस्तै विमानस्थलमा कार्यरत प्रहरीहरुको कार्यसम्पादन लगायतका विषयहरुमा दैनिक मूल्याङ्न गरी उत्कृष्ट र न्यून कार्यसम्पादन स्तरहरुको अभिलेखीकरण गर्ने कार्यको प्रारम्भ गरिएको छ । यही बीचमा एसएसपी ढकालले तत्काल पुरस्कार तथा सजायको अवधारणालाई अबलम्बन गरी सो अवधि भित्र ३४ जनालाई पुरस्कृत गरिएको साथै ७ जनालाई कारवाही गरेका छन् ।

सचेतनामूलक अनुशिक्षण कार्यक्रम

एसएसपी ढकालले विमानस्थलमा पहिलो पटक जिम्मेवारीमा आउने प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यक्रम समेत दिने गरेका छन् । जस अनुसार गत माघ २१ गते पछिल्लो समय यस कार्यालयमा हजिर हुन आएका प्रहरी हवल्दार तथा प्रहरी जवानलक्षित विमानस्थल सुरक्षा सम्बन्धि तीन दिवसीय अनुशिक्षण दिइएको छ ।

यस्तै चैत्र १२ गते सात दिवसीय निषेधित क्षेत्र प्रवेश अनुमतिपत्र (पास) तथा हवाई सुरक्षा सम्बन्धी सचेतनामूलक प्रशिक्षण समेत दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट वितरित विमानस्थल निषेधित क्षेत्र प्रवेश पासको गलत प्रयोग (दुरुपयोग) हुन नदिन चैत्र १४ गतेदेखि सात दिवसिय “प्रवेश पास चेकिङ्ग परेड” अनुशिक्षण तालिम सम्पन्न गरिएको छ ।

विमानस्थलमा स्मार्ट प्रहरीको रुपमा कार्य गरी आम जनसमुदायमा प्रहरीको छवि उच्च राख्न प्रहरी कर्मचारीलाई चैत्र २२ गतेबाट तीन दिने “यात्रुमैत्री प्रहरी व्यवहार” अनुशिक्षण तालिम संचालन गरिएको छ ।